हिरासतमा मोबाइल चलाएको भन्दै अर्नब गोस्वामीलाई जेल चलान

एजेन्सी, २४ कात्तिक । एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्सहान घटनामा पक्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ।

न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो। भारतीय समाचार माध्यमका अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो। प्रहरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको जनाएको छ।

तलोजा जेल लाँदैगर्दा अर्नबले कराएर अलिबागका जेलरले शनिबार साँझ उनीमाथि कुटपिट गरेको आरोप लगाएका थिए। यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ।

अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि दुरूत्सहान गरेको भन्दै पक्राउ गरेको हो।

ती इन्टेरियर डिजाइनरले सुसाइट नोटमा अभियूक्तहरूले आफ्नो भूक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot