उमेश बि.क / नवलपरासी ,१७ भदौ
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा अवस्थित दाउन्नेदेवि बहुमुखी क्याम्पस बर्दघाटमा २६ अाैँ थारु विद्यार्थी समाजकाे स्थापना दिवस तथा वृक्षरोपण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।
थारु विद्यार्थी समाज नवलपरासी संयाेजक केदार चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यतामा २६ अाैँ थारु विद्यार्थी समाज स्थापना दिवस मनाइएको हाे।

सो अवसरमा बाेल्दै उपाध्यक्ष रायले थारु विद्यार्थीकाे शिक्षा सम्बन्धि हकअधिकार तथा नेपालभरीकाे थारु विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न जादा परेको अप्ठ्यारोमा सहजिकरण गर्ने उद्देश्यले स्थापना भएकोले विद्यार्थीलाई एक ढिक्का भएर अगाडि बढ्न निर्देश गर्नुभयो ।
कार्यक्रममा थारु कल्याणकारी पार्सद सुर्यमन चाैधरी,जिल्ला सचिव पशुपति चाैधरी,था.क.स जिल्ला संघ डाेलमाया चाैधरी उपस्थिति रहेको कार्यक्रमकाे सन्चालन फिलिप चाैधरीले गर्नुभएको थियाे।

२०५२ सालमा स्थापना भएको थारु विद्यार्थी समाजकाे संस्थापक थारुका नेता माननीय रेशमलाल चाैधरी रहेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

