बैतडी,५ असार
बैतडी जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने १० यात्रु घाइते भएका छन् ।
शुक्रबार दशरथचन्द नगरपालिका–४ साईलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
शुक्रबार साँझ १७ः४० बजेको समयमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २५÷३० मिटर तल खसेर दुर्घटना भएको छ ।
बस चालक बैतडीको पाटन नगरपालिका–८ बस्ने ३७ वर्षीय केशवसिंह महराले चलाएका थिए । दुर्घटनामा दशरथचन्द नगरपालिका–०६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा चालकसहित १२ जना सवार रहेको बसका चालक भने सकुशल रहेका छन् । घाइते १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

