आरपि उपाध्याय /त्रिवेणी ,५ असार
नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणी (नवलपुर) ले विनयी त्रिवेणी ७ मा शुक्रबार एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
विनयी त्रिवेणी ७ निवासी सेवा निवृत्त शिक्षक गणेश कुमार गुरुङको गत असाढ ३ गते उपचारको क्रममा निधन भएकोमा तेस्रो पुण्यतिथिका दिनमा श्रद्धाञ्जली समारोह सम्पन्न गरिएको हो।
नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणी गाउँ कार्यसमितिका अध्यक्ष खेमराज तिमिल्सिनाको अध्यक्षता तथा समाजका जिल्ला उपाध्यक्ष बालकृष्ण भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा आर.पि. उपाध्यायले दिवङ्गत हुनुभएका गुरुङ असल,मृदु भाषी र प्रखर समाजसेवी रहनु भएकोले उहाँको निधनबाट समाजले एक असल समाजसेवी गुमाएको छ भने निवृत्त शिक्षक समाजले एक कर्तव्यनिष्ठ पूर्व शिक्षक गुमाएको चर्चा गर्नुभयो।
अर्घाखाँचीको सुपादेउरालीमा २०१५ साल पौष १५ गते जन्मिनुभएका स्वर्गीय गुरुङ लामो समयदेखि त्रिवेणी सुस्तामा बसोबास गर्दै आउनु भएको थियो भने उहाँ सेवा निवृत्त भइ ६८ वर्षको उमेरमा स्वर्गबास हुनुभएको जानकारीमा आएको छ।
स्वर्गीय गुरुङको एक श्रीमती,एक छोरा र एक छोरी रहेको पारिवारिक स्रोतले बताएको छ।

श्रद्धाञ्जली समारोहमा नेपाल निवृत्त शिक्षक समाज जिल्ला स्तरीय पदाधिकारी सहित गाउँ कार्यसमितिका पदाधिकारी र त्रिवेणी क्षेत्रका एक दर्जन सेवा निवृत्त शिक्षकहरुको उपस्थिति रहेको समाजका सचिव बालकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

