रंजीत शर्मा/ नवलपरासी/ १६ भदौ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नम्बर ५ का १०० जना बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। समाजसेबी रामबहादुर कुर्मी तथा उनको टीमको अगुवाई तथा समन्वयमा सेञ्चुरी कमर्सियल बैंकले उक्त वडाका १०० जना बाढी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । प्रति परिवार चामल १० किलो चामल, आलु १ किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ प्याकेट, सोयाबिन एक पाउ, १ किलो प्याज लगाएतको समान वितरण गरिएको बैंकले जनाएको छ ।
समाजसेबी रामानन्द तिवारीको अध्यक्षता सेञ्चुरी कमर्सियल बैंक परासी शाखाको प्रमुख सुनिल शर्माको प्रमुख अतिथिकतामा सम्पन भएको छ।
बाढी प्रभावित परिवारलाई उक्त राहत वितरण गर्दै शाखा प्रमुख शर्माले दुर्गन्धित बाढीको पानीबाट उत्पन्न हुने विभिन्न रोगहरुबाट बच्न र सरसफाईमा ध्यान दिन आग्रह गरेका छन्। रामबहादुर कुर्मीको पहलमा बैंकले वितरण गरेको राहत कार्य निकै सामाजिक तथा मानवीय भएको अध्यक्ष तिवारीले प्रशंसा गर्दै थप वडाहरुमा राहत वितरणका लागि विभिन्न बैंक तथा वित्तीय संघसंस्थाहरुसंग पहल गरेर वितरण गर्ने बताउनु भएको छ । उनले यस्तो विपद्का बेलामा आफ्नो आफनो तह बाट हुन सक्ने सम्पूर्ण सहयोग गर्नु अनुराेध गर्दै यस्तो विपत्तिको बेलामा राहत वितरण कार्यमा हातेमालो गर्न यहाँका अरु संघ–संस्थाहरुलाई आग्रह गरेका छन्। ।

बैंकले यस्तो विपद्का बेलामा पीडित परिवारलाई राहत पुगोस् भनि यो राहत वितरण गरेकोमा निकै खुशी हुदै आफूहरु विपद्का बेलामा समाजमा अग्रसर भइ सामाजिक कार्यहरु गर्दै आएको बैंकका शाखा प्रमुख शर्माले जानकारी दिए । प्रमुख शर्माले बंैक सामाजिक दायित्वबाट पछाडी नहटने र पालिकाका थप वडा तथा विभिन्न पालिकाका बाढी प्रभावित क्षेत्रहरुमा अझै राहत वितरण गर्ने आश्वासन दिए ।
राहत वितरण कार्यक्रममा पत्रकार रंजीत शर्मा, यूवा अभियान्ता अमरमणि गुप्ता, विनय मिश्र लगायत बंैकका कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

