Rashtriya Dainik

“प्रदेश वालवालिका सम्बन्धिकार्यबिधि २०७८” प्रारम्भिक मस्यौदा माथी छलफल

अर्जुन शाह/जनकपुरधाम/ भाद्र १६ गते धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा रहेका भौतिक पूर्वाधार विकास मन्त्रालयका सभा हलमा “प्रदेश वालवालिका सम्बन्धिकार्यबिधि २०७८” प्रारम्भिक
मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न भएको छ।
वर्ल्ड विजन इन्टरनेशनल र कन्सोर्टियम नेपालकाे प्राविधिक सहयोग र महीला वालवालिका युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजना गरिएको थियो।
महीला वालवालिका युवा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमालीका अध्यक्षतमा भएका कार्यक्रममा अतिथीका रूपमा कन्सोर्टियम नेपालका केन्द्रीय अध्यक्ष किरण थापा र वर्ल्ड विजन इन्टरनेशनलका प्रतिनिधी श्याम अधिकारी लगायतका रहेका थिए।
प्रदेशमा बाल अधिकार सुनश्चितताकाका बन्ने क्रम रहेका मस्यौदामा उमर गत सहभागीता, जिल्ला बाल सन्जालकाे संरचना बालमैत्री स्थानिय शासन घोषणा गर्नकाे लागि सूचकलाई कार्यबिधिमा स्थान दिने विषयमा आआफ्ना विचारहरू विभिन संघ संस्थाका प्रतिनिधीले राखेका थिए।
कार्यक्रम सञ्चालन महीला वालवालिका युवा तथा खेलकुद मन्त्रालयका उप सचिव देबू केसीले गरेका थिए भने अधिवक्ता कानुनी रुपमा सहजिकरण गरेका थिए। र कन्सोर्टियम नेपालका कार्यक्रम व्यवस्थापक गौरव केसी पनि सहजिकरण गरेका थिए।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश समन्वय अधिकृत संजिव मिश्रा, सेभ दी चिल्ड्रेनका झमकेश्वर ओझा युनिसेफका मेघराज मगर, वर्ल्ड विजन इन्टरनेशनलका प्रवीण अधिकारी, संरक्षक नेपालका प्रभु मंडल, जिल्ला बालक्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाह लगायतकाले
विचार र टिप्पणी राखेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित