Rashtriya Dainik

जन- सास्कृती संघ पर्साका अध्यक्षमा दिनेश चौहान

वीरगंज १५ गते मंगलबार
नेकपा एमाले निकट रहेको जन-सास्कृतीक महासंघ नेपालले पर्सामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।

वीरगंजको रानिघाट स्थित रहेको नेकपा एमालेको पार्टी कार्यालयमा नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजाराको सभापतित्वमा भएको कार्यक्रममा दिनेश चौहानको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको छ।
जन सास्कृती पर्साको सभापति तथा सदस्यहरुलाई कार्याक्रमका प्रमुख अथिती नेकपा एमालेका केन्द्रीय सदस्य एवम जन -सास्कृती संघ नेपालका अध्यक्ष खगेन्द्र राईले टीका माला लगाई स्वागत गर्नुभयो।

राईले कार्याक्रमलाई सम्बोधन गर्दे देशमा दिन प्रति दिन सास्कृती लोप हुँदै गईरहेको छ।यस सङ्गठनले सास्कृती क्षेत्रलाई अगाडी बढाउने निरन्तर लागि परेको बताउनुभयो।

जन- सास्कृती महासंघ प्रदेश २ का सभापति राजेश थापाले नव गठित जिल्ला कमिटीका पदअधिकारीले गिपनियता तथा शपथ गराउनुभयो।

उक्त कार्याक्रममा नेकपाका नेता तथा जन- सासकृति संघका सदस्यहरु मुक्ति प्रसाद चौहान , रम्भा देबी , बिरेन्द्र ठाकुर , सीता देबी विशाल ठारु , सजय क्षेत्री , राजकुमार क्षेत्री , बिजय साह रामनारायण ठाकुर , प्रेम बैठा , जयप्रकाश लगाएतका पदधिकारीहरु सर्ब सहमतिवाट चयन गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित