राष्ट्रिय युवा परिषदले प्रदेश र संघीय तहमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरि सात ओटै प्रदेश संजाल टुङ्गो लगाइसके पछि सोम्बार बसेको भरचुवल बैठक बाट अभिषेक तिवरीको अध्यक्षतामा संघीय संजाल पनि टुङ्गो लगाएको छ । नेपाल सरकारको युवा तथा खेल्कुद मन्त्रालय मातहत रहेको परिषदले सबै प्रदेशका प्रदेश इन्चार्ज पनि चयन गरेको छ ।
यसै बिच महिलालाई नेतृत्व गर्दै प्रदेश न. २ मा महोत्तरीकि पुजा साह चयन हुनु भएको छ ।
नवगठित इन्चार्ज साह परिसदको उद्देश्यबमोजिम प्रदेशका ८ ओटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी उद्यमशिलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागीता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जन लगायत विषयमा केन्द्रित रहि प्रदेश, जिल्ला र विभिन्न पालिकाहरुसँग समन्वय गरि कार्यक्रम गर्न र युवा परिचालनमा विशेष सहजिकरण गर्न आफू प्रतिबद्द रहेकी जान्कारी दिनु भयो ।
राष्ट्रिय युवा परिष्द ऐन २०७२ अनुसार प्रदेश इन्चार्जको कार्यकाल २ वर्षको हुने ब्यब्स्था छ। संघीय युवा संजालका सदस्य तथा पुर्व प्रदेश इन्चार्ज रक्की प्रसाद साहले आफ्नो कार्यकाल उपलब्धी मुलक रहेको र अझै पनि संजाललाई साथ र सहयोग रहिरहने प्रतिबद्द्ता साथ नवनिर्वाचित इन्चार्ज साहलाई बधाइ तथा सफल कार्यकालको सुभकामना पनि दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

