Rashtriya Dainik

वीर सहिद राम मनोहर यादव श्रद्धाञ्जली कार्यक्रम

अर्जुन शाह/वीरगन्ज/भाद्र १५ गते
पर्सा जिल्लाको बीरगञ्जका घण्टाघरमा जनमत पार्टी भातृ संगठन समाज कल्याण संघद्धारा आयोजित वीर सहिद राम मनोहर यादव श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
पुर्व जिल्ला ईन्चार्ज एबम समाज कल्याण संघका केन्द्रिय सदस्य सन्तोष शाहको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष वसन्त कुशवाहा भने बिशिष्ट अतिथी महीला जनमत संघका सह संयोजक अनिता रौनियार , चन्दन चौहान र अतिथीमा जिल्ला सचिव बिनय यादव, सह सचिव विराजु यादव, विजय चौरासिया र बिद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष राजु राज गिरीले आफ्नो मन्तब्य ब्यक्त गर्दै भने आज यही दिन हो कि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का मन्त्री उपेन्द्र यादव हुँदा राम मनोहर यादवले कालो झण्डा देखाएकाले जेलमा राखेर मरेका थिए त्यो मधेशी काे हक दिलाउने काम होइन आफ्नो स्वार्थ पूरा गर्न लागि मधेशी आन्दोलन गरेका थिए लगायतका मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा नेहा तत्वा, तुलसी राम, रञ्जित चौरासिया, हरीन्द्र पासवान र राजू राम लगायतलाई कम्बर वितरण गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित