Rashtriya Dainik

बाढी प्रभावित क्षेत्रमा सरावल गाउँपालिकाको उपचार सेवा

उमेश बि.क / नवलपरासी ,१५ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले वडा ४ र ६ बाढी प्रभावित ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गरेको छ।

पालिकाको स्वास्थ्य शाखाका रेपिड रेस्पोन्ज टीमले उक्त क्षेत्रमा बाढीको दुर्गन्ध र दुसित पानी सेवनका कारण स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुको घुम्ति स्वास्थ्य शिबिर गरेर स्वास्थ्य परिक्षण गरि उपचार सेवा प्रदान गरिरहेकाे छ।

बाढी आएपछि सरसफाइ तथा बिसुद्ध पानीको अभावमा विभिन्न रोगहरुको संक्रमण बढ्ने सम्भावना रहेकाले बिपद ब्यवस्थापन समितिले तत्काल सचेत गराउन र उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुको यस्तो टीम तयार गरेको पालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनु भयो।

घुम्ती स्वास्थ्य शिबिरबाट वडा नं.४ बडसारमा ८२ जना र वडा नं ६ मधवलिया र नौडीहवामा १८० जना गरि जम्मा २६२ जनाको स्वास्थ्य जांच तथा उपचार भएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे।

यो टीम मंगलबार अर्को बाढी प्रभावित वडाहरुमा गै उपचार सेवा प्रदान गर्ने र रोगहरु प्रती सचेत गराउने छ। यसरी बाढी प्रभावित गाउँ गाउँमा गै स्वास्थ्यमा समस्या देखिएका बाढी पिडित ब्यक्तिहरुलाइ निशुल्क रुपमा घुम्ती शिबिरबाट उपचार सेवा प्रदान गरि रहेकाले यस्को चौतर्फी प्रसंशा भै रहेको र माग समेत भै रहेको छ।

यो स्वास्थ टीमले बाढिको प्रकोपले उत्पन्न हुने विभिन्न रोगहरुको बारेमा आमनागरिकलाई सचेत गराउने, सरसफाइमा ध्यान दिन लगाउने, उपचार सेवा प्रदान गर्दै आएको अध्यक्ष चाैधरीले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित