सडक दुर्घटजना परी श्रीमान श्रीमतीको एकैचोटी ज्यान गएको छ । बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो । नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठक्कर खाँदा बर्दियाको पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृत्यु भएको हो । अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् । बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार श्रीमान र श्रीमतीकै ज्यान गएको इजिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भिर अवस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ । ट्राफिक प्रहरीका अनुसार ट्रयाक्टर र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठ बोकेर तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा उक्त घटना भएको स्थानीयले बताए । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई पक्राउ गरिएको जनाएको छ । घटनाको विषयलाई लिएर ओ क्रोशित परिवार र आफन्तहरुले घटनास्थलमा आन्दोलन गरिरहेका छन् । वडा अध्यक्ष ईन्द्र प्रसाद लुईटेलका अनसार अहिले उक्त स्थानमा चक्काजाम भईरहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।