Rashtriya Dainik

पूर्वी नवलपरासीको बगुवन सिसेनी जोड्ने झोलुङ्गे पुलमा क्षती ; दुर्घटनाको जोखिम

कावासोती /भदौ १३ ।

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका एक स्थीत बिनयी खोलाको झोलुङ्गे पुल बाढीले क्षती पु¥याएको छ ।
वडा नं. एक को बगुवन र सिसेनी जोड्ने उक्त झोलुङ्गे पुल बिहीबारराति देखि परेको अविरल वर्षाका कारण आएको बाढीले एकतर्फको पिल्लर ढलाएको छ भने, डोरी समेत चुडेको बगुवन निवासी वडा नं. एकका सदस्य भिम बहादुर सोमैले जानकारी दिनुभयो । वडा सदस्य सोमैका अनुसार पुलमाथी चढ्ने सिंडी पनि भत्किएको छ ।
गत वर्षको कात्तिक महिनामा उक्त पुलको उद्घाटन गरिएको थियो । पुल नहुँदा वर्षाको समयमा बगुवनका बासिन्दा औषधी उपचार गर्न , आफ्ना महत्वपूर्ण काम गर्न , दुम्किवास बजारमा किनमेल गर्न र गाउँपालिका कार्यालयमा हुने कामका लागि समेत आउन पाउँदैनथे । अत्यन्तै जरुरी काम परेमा बिनयी खोलाको उर्लदो भेलमा ढुङ्गा चढेर वारपार गर्नुपर्ने बाध्यता थियो । गण्डकी प्रदेश सरकारले बजेट बिनियोजन गरेपछि गत वर्ष मात्रै पुल सम्पन्न भएको थियो । पुल बनेपछि आवतजवतमा सहज भएको थियो । तर वर्षदिन नपुग्दै बाढीले पुलमा क्षती पुगेपछि फेरी पनि पहिलेकै अवस्था आउने भन्दै बगुवनका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
पुल कतिबेला सबै बाढीले भत्काउँछ भन्ने यकिन नभएको स्थानीय बासिन्दा भिम बहादुर खनगाहाले बताउनुभयो । कामले आउजाउ गर्नुपर्ने स्थानीय क्षतीग्रस्त पुलबाट वारपार गरेकाले जोखिम भएको उहाँले बताउनुभयो । समयमै उक्त पुलको मर्मत कार्य नगरेमा जोखिम बढ्ने र मानविय क्षती हुने सम्भावना रहेकाले सम्बन्धीत निकायले थयाशिघ्र मर्मतका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।
बगुवनमा मगर समुदायको बाहुल्यता छ । यहाँ दुई सय घरपरिवार बसोबास गर्दै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित