सियारी गाउपालिकामा अति विपन्न परिवारलाई नव निर्मित घर हस्तान्तरण

तुलसी राम पौडेल /सियारी ,कार्तिक २३

रुपन्देहीको सियारी गाउपालिकाले आर्थिक बर्ष २०७६/०७७ मा अति विपन्न घर परिवारको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तरगत गाउपालिकाद्वारा निर्मित ११ वटा घर आइतबार हस्तान्तरण गरेको छ। घर नभै भाडामा बसेका ,खरको छाप्रोमा दुख झेलेका अति विपन्न ११ घर परिवारलाई गाउपालिकाले आवास निर्माण कार्यक्रम अन्तरगत प्रत्येक घर ४/ ४ लाख रुपैयामा निर्माण गरि हस्तान्तरण गरेको हो ।
घर बनाउन नसकेका अति विपन्न घर परिवारको लागि सियारी गाउपालिकाले आवास निर्माण कार्यक्रम अन्तरगत घर निर्माण गरि हस्तान्तरण गरिएको सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले बताउनु भयो।साथै उहाले बाटो घाटोमा बसोबास गरेका एक धुर पनि जग्गा नभएका घर परिवारलाई गाउपालिकाले गाउपालिकाको सार्वजनिक जग्गामा बसोबासको लागि व्यवस्था गरिने बताउनु भयो।
राज्यमा खान ,बस्न पाउने सबैको हक अधिकार भएकोले खरको छाप्रो बनाएका घरलाई व्यवस्थापन गर्ने गाउपालिकाको नीति रहेको अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।
सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले गाउपालिका भित्र रहेका घरवार विहिन सम्पूर्ण घर परिवारलाई घर बनाइदिने गाउपालिकाको नीति भएकोले आवास निर्माण कार्यक्रमलाइ निरंतरता दिइने बताउनु भयो ।
गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले घर नभएका ,भाडामा बसेका ,खरको छानो भएको ,घर बनाउन नसक्ने , वडाले सिफारिस गरेका अति विपन्न परिवारलाई गाउपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट बाट घर निर्माण गरि हस्तान्तरण गरिएको र यो आर्थिक बर्षमा घर निर्माणको लागि बजेट छुटाइएको बताउनु भयो।
सियारी गाउपालिकाले आइतबार वडा नम्बर १ मा २ घरपरिवार , वडा नम्बर ४ मा २ घरपरिवार , वडा नम्बर ५ मा २ घर परिवार ,वाड नम्बर ६ मा २ घर परिवार र वडा नम्बर ७ मा ३ घर परिवारको लागि गाउपालिकाद्वारा नव निर्मित घर हस्तान्तरण गरेको थियोे । हस्तान्तरण कार्यक्रममा गाउपालिकाकाका जनप्रतिनिधि ,समाजसेवी एव गाउँ पालिका कर्मचारीको सहभागिता रहेकोे थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot