नवलपरासी , १२ भदौ । लुम्बिनी प्रदेशका सरकारका विना विभागीय मन्त्री अजय शाहीले आज पश्चिम नवलपरासीको बाढी तथा डुवान क्षेत्रको अबलोकन गर्नुभएको छ । मन्त्री शाहीले जिल्लाको पाल्हीनन्दन , सरावल , प्रतापपुर र सुस्ता गाउंपालिका विभिन्न बाढी तथा डुवान प्रभावीत क्षेत्रहरुको अबलोकन गर्नुभएको हो । 
अबलोकन गदै मन्त्री शाही जिल्लाको ग्रामीण क्षेत्रमा देखीएको बाढी तथा डुवानको दिर्घकालीन रुपमा समस्या समाधानकालागी प्रदेश सरकारले काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री शाहीले बाढीबाट प्रभावित क्षेत्रका किसानहरुको समस्यालाई प्राथमिकतामा राखी त्यसको दिर्घकालिन सामाधान गर्न प्रदेश सरकार लाग्ने आवश्वासन समेत सो अवसरमा दिनुभयो ।
विभिन्न क्षेत्रमा पानीलाई सहजै निकास नहुदा नदी, कुलानाला व्यवस्थापन गर्न र नदीबाट पानी ओभरफ्लो बाढी हुने समस्यालाई रोक्न नदीमा व्यापक तटबन्ध कार्य गरि उक्त क्षेत्रलाई डुवानबाट जोगाउन उचित बजेटको व्यवस्थापन गरिने मन्त्री शाहीले प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री शाहीले डुवान क्षेत्रको अबलोकन गदै जिल्लाका विभिन्न क्षेत्रका नदीहरुमा आवश्यक देखिएको तटबन्धन व्यस्थापन गरी डुवानको समस्या समाधान गर्न प्रदेश सरकारले लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

डुवानका कारण प्रत्येक बर्ष पश्चिम नवलपरासीमा हुदै आएको डुवानका कारण हजारौ बिगाहा लगाउदै आएका बालीनाली नोक्सानी हुदै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

