पश्चिम नवलपरासीमा आईतबार ४ महिला र ११ पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रामग्राम र सुनवल नगरपालिकाका ४–४ जना, बर्दघाट नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आईतबार थपिएकासँगै पश्चिम नवलपरासीमा संक्रमितको संङ्ख्या ११ सय ८ पुगेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको ल्यावमा गरिएको पिसिआर परिक्षणका क्रममा जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष, वडा नम्बर १० का ४० वर्षीय पुरुष, वडा नम्बर १७ का २० वर्षीय पुरुष र वडा नम्बर नखुलेकी ५५ वर्षीय महिला रहेका छन् । सुनवल नगरपालिकाको वडा नम्बर २ की ७५ वर्षीय बृद्ध, वडा नम्बर ४ का ५६ वर्षीय महिला, वडा नम्बर ५ का ५७ वर्षीय पुरुष र वडा नम्बर १२ की २४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै बर्दघाट नगरपालिकाको वडा नम्बर ४ का ३० र ३४ वर्षीय पुरुष, वडा नम्बर १० का ३६ वर्षीय पुरुष, वडा नम्बर ११ का ७५ वर्षीय बृद्ध, वडा नम्बर १४ का २२ वर्षीय पुरुष र वडा नम्बर १६ का २२ वर्षीय पुरुषमा संक्रमण भएको छ । स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाईएका मध्ये अझै ५६ जनाको नतिजा आउन बाँकी रहेको छ । अब जिल्लामा ३ सय ५३ जना सक्रिय संक्रमित आइशोलसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।