Rashtriya Dainik

बाढीका कारण नवलपरासी जिल्लामा ३ जनाले ज्यान गुमाए ।

नवलपरासी /११ भदौ
अविरल परेको बर्षाका कारण आएको बाढीले नवलपरासी जिल्लामा ३ जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८बन्जरीयाका विनोद प्यासी , प्रदिप प्यासी र सुनवल–४ तुरियाकी एलिसा तामाङ्ग रहेकीछन् ।
लगातार भएको बर्षाका कारण आएको बाढी घरमा पसेपछि सुरक्षित स्थानको खोजीमा जानेक्रममा बाढीले बगाउदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एंव सुचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८,बन्जरीयाका ३७ बर्षीय विनोद प्यासी र उनका १३ बर्षीय छोरा प्रदिप प्यासी रहेका छन् । त्यसैगरी सुनवल–४ तुरिया खोला नजिकै घरभएकी १० बर्षीय एलिसा तामाङ्ग रहेकी छन् ।
बाढीले बगाएका बन्जरीयाका प्यासीका बाउछोराको शव घर भन्दा केहि तल खेतमा फेला परेको छ भने सुनवल–४ तुरियाकी एलिसा तामाङ्गको शब भने अझैसम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी गराउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित