कार्तिक २३ नवलपरासी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी ले सक्रियता बढाएकाे छ ।दिपावली ,छठ लगायतका पर्व मा सशस्त्र प्रहरीले कडा रुपमा सुरक्षा दिने याेजना बनाएकाे छ । उसै गरि अाज बिशेष सुराकीको आधारमा नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी मातहत स.प्र.बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको मोबाईल गस्ति टोलिले सरप्राईज चेकपोष्ट खडा गरी चेकजाच गर्ने क्रममा पाल्हिनन्दन गाउँपालिका-5 चमनटोला स्थित दगगजा नजिकबाट रु. तीन लाख भन्दा बढी मुल्य बराबरको ३ के.जि. ३४६.५ ग्राम चाँदीको गरगहनाहरु र मुर्तीहरु बरामद गरेकाे छ । बरामद गरिएकाे चादि आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाईएको सुचना अधिकारी राेशन घिमिरेले जानकारी दिनु भयाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।