संजय कुशवाहा / नवलपरासी १० भदौ
पश्चिम नवलपरासी प्रहरीले बिहीबार नेपाल भारत सिमावर्ती एरिया नजिकैबाट १० किलो चरेस ( लागुऔषध) सहित १ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी पाचपेडाबाट खटिएको प्रहरी टोलीले बिहिवार बिहान करिब ५ बजेको समयमा प्रतापपुर गाँउपालिका वडा नं. ४ बर्दघाटे स्थितमा पैदलयात्री भारत उत्तर प्रदेश जिल्ला महाराजगंजको थाना बर्गदवा ग्राम भगतपुरवा बस्ने ३७ वर्षको राजेश यादवलाई शंका लागि चेकजाँच गर्ने क्रममा यादवको साथमा रहेको कालो रंगको भिर्ने झोला भित्र पत्रिका र टेपले बेरेको ईट्टा आकारको २६ प्याकेट करिब १० किलो चरेस (लागुऔषध) फेला परेको हो ।
फेला परेको चरेस सहित यादवलाई प्रहरीले पक्राउ गरी लागौषध मुद्धामा आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताएका छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

