Rashtriya Dainik

ओल्मा काउन्सिल नेपालले जारि गरेको प्रेस विज्ञप्ति स्वागत योग्य-इत्तेहाद नेपाल

शहबाज खान/कपिलवस्तु
लामो समय देखिको बाह्रा हस्ताक्षेप र जनता बीचको परस्पर द्वन्दले अफगानिस्तानमा असुरक्षा आशंका र अनिश्चिताको स्थिति उत्पन्न भएको छ।
तालिबानले अफगानिस्तान माथि आफ्नो सत्ता चलाउन प्रयास गर्ने क्रममा अफगानिस्तानमा उत्पन्न भएको स्थितlहरुको फोटो भिडीयो आडियोले नकारात्मक प्रभाव पर्ने खालको कुरा शोसल मिडीयामा आईरहेको छ।
शोसल मिडीयामा आएका यस्ता कुराहरुले समाजमा नकारात्मक असर पनि पर्ना हुन‌सक्ने छ।
उक्त बिषयलाई ध्यानमा राख्दै राष्ट्रीय ओल्मा काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारि गर्दै समाजका खास गरि सब भन्दा बढ़ी शोसल मिडीयाको प्रयोग गर्ने युवा पिढी तथा समाजका बुद्धिजीवी भद्रभलादमीहरु संग आग्रह गरेको छ।
उक्त प्रेस विज्ञप्तिमा कुनै पनि व्हाट्स एप ग्रुप टेलिग्राम,यु ट्रुयुब,फेसबुक, इन्स्टाग्राम लगायतका शोसल मिडिया जस्ता प्लेटफार्म सार्वजनिक व व्यक्तिगत ग्रुपमा तालिबानले अफगानिस्तान माथि गरिरहेको कब्ज़ा प्रति कुनै भिडीयो आडियो फोटो उत्साहित भएर लेखेको लेख रचना भाषण व आक्रोशित भिडीयो आडियो एक अर्कामा शेयर नगर्ना का लागि राष्ट्रीय ओल्मा काउन्सिल नेपालले आग्रह गर्दै छ भन्ने लेखिएको छ।
राष्ट्रीय ओल्मा काउन्सिल नेपालको महासचिव नुर मोहम्मद खालीद मिसबाहीको हस्ताक्षरमा प्रेस विज्ञप्ति रहेको छ।
राष्ट्रीय ओल्मा काउन्सिल नेपालले जारि गरेको प्रेस विज्ञप्तिको इत्तेहाद नेपालले स्वागत योग्य रहेको र सबै संग पालन गर्ना आग्रह गरेको छ।
समसमायिक घटना,राजनितीक समाजिक शिक्षाप्रति देश तथा विदेशमा भइरहेको गतिविधीहरु प्रति चासो देखाउदै समय प्रतिकूल आवश्यकता परेकोमा सम्बन्धित निकायहरुको ध्यानाकर्षणका साथ आग्रह गरि विकल्पको खोज तथा आवश्यकता परेको ठाउमा सुझाव सल्लाह दिदै आएको छ। यस्ता कार्यहरुमा सहभागिता लिई निरन्तर सहयोग गर्दै आएका सहयोगी तथा पदाधिकारीहरु लाई इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खांले हृदय देखि धन्यवाद व्यक्त गरेका छन्।साथै अफगानिस्तानमा रहेका सबै नेपालीहरु लाई सुरक्षित राखि नेपाल फिर्ता ल्याउन सरकार ले युद्ध स्तरमा तत्तकालै पहल गरोस भन्ने आग्रह इत्तेहाद नेपालले गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित