नन्दु यादव /भाद्र ९,पश्चिम नवलपरासी
बिगत ६० बर्ष देखि बाढिबाट पडित अाम जनताले अाज जिल्ला प्रशासन कार्यमलय पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत ३ बुदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन ।लामाे समय देखि बाढिकाे चपेटामा परि कतिपय अामनागरिकले ज्यानसमेत गईरहदा अहिलेसम्म कुनै पनि राजनितिकदल सघसस्थाले समाधानका लागि कुनै किसिमकाे चासाे नदिएकाेले अब वारपारकाे लडाई जनताल लडने बताएका छन ।
बाढि नियन्त्रण समन्वय समिति नवलपरासीकाे अायाेजना तथा युवासमाज नवलपरासी काेसहयाेगमा गएका हजाराैबाढिपिडिले माग सम्बाेधन गर्न माग गरेका थिए ।परासीकाे बाईपास देखि सुरुभएकाे बाढिपिडितकाे र्याली बुध्दचाेक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई काेण सभा सम्पन्न गरिएकाे बाढि नियन्त्रण समन्वय समिति नवलपरासीका अध्यक्ष रज्जब अलिले जानकारी दिनु भयाे ।
बाढि नियन्त्रण का उपायहरु तत्काल अवलम्बन गर्नुपर्ने ,बाढिपिडितले लिएकाे बैकबाट ऋण ,ब्याज र कर मिनाहा हुनुपर्ने र नस्टबालिनालिहरुकाे क्षतिपूर्ति दिनुपर्ने माग सहित ज्ञापनपत्र बुझाईएकाे अध्यक्ष अलिले बताउनु भयाे ।उता अबकाे केही दिनमा माग पूरा नभए प्रदेश सरकारमा ज्ञापनपत्रबुझाउने र माग पूरा गराई मात्र घर फर्किने युवा समाज नवलपरासी का अध्यक्ष धर्मेन्द्र गिरिले बताए ।हामी अब प्रदेश सरकारका मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाई समाधानकाे उपाय निकाल्न मुख्यमन्त्री लाई दवाब स्वरुप अनसन समेत बस्ने तयारि गरेकाे गिरि बताउनु भयाे।जबसम्म माग पूरा हुदैन तब सम्म प्रदेशमा अनसन जारि राख्ने गिरिले बताउनु भयाे ।
कार्यक्रममा सरावल गाउपालिकाका वडाा न ७ का वडाअध्यक्ष हेयात खान धुनिया ,समाजसेवी रामभवन यादव ,दिपक क्षेत्री ,केदार कुशवाहा लगायतले बाढिपिडितकाे माग तत्काल सम्बाेधन गरिनुपर्ने कुरामा जाेड दिनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

