काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
१७ हजार ६५४ जनामा गरिएको परीक्षणमा ३ हजार बढी संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा २०७९ जना रहेका छन् ।
यसै अवधिमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार २४४ रहेको छ । यस्तै २६ जनाको मृत्यु भएको छ ।
नेपालमा आज ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १० हजार ४४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

