नन्दु यादव कार्तिक २२ नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९बेलाटारीमा रहेकाे प्रतापपुर बहुमुखि सहकारी सस्थाकाे ४४अाै साधारणसभा अाज देखि शुभारम्भ भएकाे छ ।अाज देखि सुरु भएकाे साधारण सभा २८गते सम्म सन्चालन भई सम्पन्न हुने बताईएकाे छ सहकारी सघले निर्देशित गरेकाे मापदण्ड अनुसार सामाजिक दुरि कायम गरि भिडभाड नगरि साधारण सभा सुरु भएकाे छ प्रयेक दिन सिमित सख्यामा सदस्य हरुकाे उपस्थित गराई सुझाव सल्लाह लिदै २८गते साधारण सभा सम्पन्न हुने बताईएकाे छ ।सिमा सग जाेडिएकाे प्रतापपपुर गाउपालिका क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ ।साधारणसभा सस्थाकाे लेखा सयाेजक ईश्वरी प्रसाद चाैधरी ले कुल अा.ब.२०७७/७८काे ३कराेड९६लाख ७१हजार३सय४४रुपैया बराबर काे अायब्य प्रस्तुत गर्नु भएकाे थियाे ।जसमा यश सस्थाले १६लाख ७हजार८सय ४१रुपैया बराबरकाे शुध्द नाफा गर्न सफल भएकाे छ । यश सस्था कुल ३३६शेयर सदस्य सख्या रहेका छन । यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,शैक्षिक लगायतकाे क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यश सस्थाका ब्यवस्थापक गाेबिन्द पाठकले बताउनु भयाे । कार्यक्रम सस्थाकाे अध्यक्ष मुक्तिनाथ पाण्डेकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका कि कार्यबाहक अध्यक्ष अन्जु कुमारी चाैधरी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा ऋषि केशव घिमिरे ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे ।कार्यक्रममा,वडा न ८का वडा अध्यक्ष कादिर अलि ,वडा न ९का वडा अध्यक्ष हेमेन्द्र कुमार पजियार लगायतले सस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।