उत्तमकुमार थापा/ बझाङ
बुङगल नगरपालिकामा रहेको सानिगाड नदि थुनिएको छ ।
भारि वर्षा र माैषा परिवर्तनका कारण नगरपालिकाका काे वडा नम्बर ७ मा रहेकाे माहादेव माविकाे गेट बाट पुरै डाडो भत्किएर नदिमा पुगेपछि थुनिएको स्थानीय अार बिक्रम अाेखेडाले बताए ।

उनका अनुसार ७ मा थुनिएको नदिले मानव बस्ती देखि अन्य क्षेत्रमा धेरै क्षेत्री पुग्ने देखिएको छ करिब १ घण्टा अगाडि देखि थुनिएको नदि थुनिदै माथिवाट अाेभर फाेलाे हुँदै निकासा भएको खवर प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले बताउनु भयाे ।

प्रमुख जिल्ला अधिकारीका अनुसार कालङगा हाईड्राेपावरमा रहेका उपकरण लाई प्रयाेगमा ल्याउन अनुराेध गरिएको छ । भने सुरक्षा निकाय तैनाथ स्थलमा पुग्दैछ । प्रहरी टाेलि पुगि सकेको र अार्मि शस्त्र टाेली केही बेरमा पुग्ने र लागिपरेको प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीकाे भनाइ छ । सबैलाई सचेत रहन अाग्रह गरिएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

