महेश यादव/ नवलपरासी ,३ भदौ
पश्चिम नवलपरासीको सुस्तामा डुङ्गा डुब्दा दुई जना बेपत्ता भएका छन । सुस्ता गाउँपालिका वडा नम्बर -३ रेवामा डुङ्गा डुब्दा दुई जना बेपत्ता भएका हुन। सुस्ता स्थित नारायणी नदिमा गएका डुङ्गामा सवार रहेको पाँच जना मध्य दुई जना बेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार डुङ्गामा सवार तीन जना डुङ्गा डुबेपछि पाैडि खेलर बाच्न सफल भएका सुचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभएको हाे । बेपत्ता भएको दुई जना मध्ये एक जना भारतकाे विहार प्रदेशको भैसालोटन बस्ने ३० वर्षीय दसरथ कोइरी रहेका छन । भने अर्को सुस्ता गाउँपालिका वडा नम्बर -३ रेवा बस्ने मगंल विन रहेका सुचना अधिकारी लामाले जानकारी दिए ।
नारायणी नदिमा माछा मार्न र दाउरा संकलनका लागि नदिमा गएका पाँच जना मध्य दुई जना बेपत्ता भएका हुन । स्थानीयले डुङ्गा डुबेपछि प्रहरीलाई ढिलो खबर दिएकोले हाल सम्म बेपत्ता हुनेकाे केही अवस्था पत्ता लाग्न सकेको छैन ।
उनीहरु माछा मार्न र दाउरा संङ्कलनका लागि नदीमा गएका थिए । विहान डुङ्गा डुवेपनि स्थानीयले ढिलो गरी मात्र प्रहरीलाई खबर गरेका कारण खोजी कार्य ढिलो गरी मात्र सुरु भएको प्रहरीले जनाएको छ । काठकाे भरिया बाेकेर किनार तर्फ अाउने क्रममा भार थेग्न नसक्दा डुङ्गा डुबेकाे प्रत्यक्षदर्शीले बताएकाे प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

