अर्जुन शाह/वीरगन्ज/ श्रावण ३०गते
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका भिस्वामा रहेका “सोल्टी गार्डेनकाे प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम, विद्यार्थी जनमत संघ पर्सा र दलित जनमत संघ पर्सा गठन भएको छ।
जनमत पार्टी पर्साका अध्यक्ष चन्दन चौहानकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष वसन्त कुशवाहा , बिशिष्ट अतिथी केन्द्रिय सदस्य ओमप्रकाश साह, महीला जनमत संघका सह संयोजक अनिता रौनियार लगायतकाले अाफ्नाे धारणा ब्यक्त गरेका थिए।
नव प्रवेश राजु राज गिरीको अध्यक्षतमा विधार्थी जनमत संघ र दलित जनमत संघकाे अध्यक्षमा सर्बजित पासवान बनेका चयन भएका छन् ।
कार्यक्रमकामा उपाध्यक्ष अवधेश पटेल, सब्बु खातुन, सह सचिव राजेश चौरसिया, बिराजु यादव,बिधार्थी नेता बिनय यादव लगायतकाे सहभागीता रहेको थियो ।
नव प्रवेशलाई खाँदा अबिर लगाएर प्रमुख अतिथी कुशवाहाले स्वगत गरेका थिए ।
कार्यक्रम सञ्चालन जनमत पार्टीका सचिव बिनय यादवले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

