Rashtriya Dainik

कर्णाली प्रदेश अध्यक्षमा किशोर सुवेदी निर्वाचित।

सुर्खेत ३० साउन। समाजवादी ज्ञान केन्द्रकाे कर्णाली प्रदेश समितिले प्रथम प्रदेश अधिवेशन सम्पन्न गरेकाे छ ।

कर्णाली प्रदेश अधिवेशन आयाेजक समितिका संयाेजक किशोर सुवेदी( किरण विद्रोही ) काे अध्यक्षता एवं ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष आजाद खड्काकाे प्रमुख आतिथ्यता र केन्द्रीय कार्यालय सदस्य सुनिता गाैतम, पार्वती गाैतम, कृष्णचन्द्र गिरि,अन्य केन्द्रीय अधिवेशन आयाेजक समिति सदस्यहरु लगाएतकाे आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले १३ सदस्यीय प्रदेश समिति गठन गरेकाे छ ।

आज दिउँस भर्चुअल माध्यमबाट आयोजना गरिएको समाजवादी ज्ञान केन्द्र, कर्णाली प्रदेशको प्रथम अधिवेशनले किशोर सुवेदी को अध्यक्षतामा हाललाई २ स्थान रिक्त रहने गरि १३ सदस्यीय कर्णाली प्रदेश समिति निर्वाचित गरेकाे छ ।

जसमा १. अध्यक्ष : किशोर सुबेदी(दैलेख ) २. उपाध्यक्ष : देवि खड्का (रुकुम पश्चिम ) ३. सचिव : पदम नेपाली (दैलेख ) ४. सह- सचिव : नरेन्द्र विक (जाजरकोट ) ५. कोषाध्यक्ष : सपना आर.सि (हुम्ला ) ६. सदस्य : हरिलाल महतरा (सुर्खेत ) ७. सदस्य : हरिकृष्ण रावत (जुम्ला ) ८. सदस्य : धन बहादुर रोकाय (डोल्पा) ९. सदस्य : रुपा थापा (दैलेख ) १०.सदस्य :मणि तिमिल्सिना (सुर्खेत ) ११. सदस्य : कृष्ण बुढा (कालिकोट )

रिक्त रहेका २ सदस्य मुगु र सल्यान देखि अर्को प्रदेश समिति बैठकबाट मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष किशोर सुवेदी (किरण विद्रोही ) बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित