Rashtriya Dainik

जनसेवा मा.बि बिसासयमा गुणस्तरीय प्राबिधिक शिक्षा पठनपाठन

उमेश बिक / नवलपरासी ,३० साउन

पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. ६ मा अवस्थित जनसेवा मा.बि बिसासयमा गुणस्तरीय प्राबिधिक शिक्षा पठनपाठन सन्चालन भइरहेको छ ।

दुर्गमका विद्यार्थी महङ्गो तिरेर बाहिर जानुपर्ने बाध्यता भएपछि विद्यालयले स्थानीय स्तरमा नै पठनपाठनको व्यवस्था गरेको हो ।

शिक्षा ,विज्ञान,ब्यवस्थापन तथा मानव श्राेत बिकाश केन्द्रबाट स्कृत  प्राबिधिक तथा व्यवसायीक शिक्षा धार अन्तर्गत सिभिल इन्जिनियर तथा बिज्ञान संकाय अन्तर्गत शैक्षिक बर्ष २०७८ मा नयाँ भर्ना कक्षा ९ बाट सुरु भएकोमा ४८ वटा काेटा पुरा भइसकेकाे साथै साेहि विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा भर्ना खुलेकाे जनसेवा माध्यमिक विद्यालय शिक्षक ठाकुर प्रसाद खनालले जानकारी दिनुभएको छ।

विगतमा विद्यार्थीहरुले प्राबिधिक शिक्षा पढ्न महङ्गो पैसा खर्च गरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो । विद्यार्थीको सुविधालाई ध्यानमा राखेर सिभिल इन्जिनियर प्राबिधिक शिक्षा साथै बिज्ञान संकायमा समेत पठनपाठनको व्यवस्था गरिएको विद्यालयका शिक्षक खनालले बताउनु भएको हाे ।

नेपालमा हाल सबै ठाउँमा प्राबिधिक शिक्षाको आवश्यकताबारे बहस भइरहदा दुर्गम क्षेत्रमा यसको अझै महत्व रहेको बताउनु भएको हाे

बिपन्न तथा जेहेन्दार बिद्यार्थिकाे लागि बिशेष सेवा सुविधा सहित कक्षा सन्चालन हुन गइरहेको हुदा अार्थिक बिपन्नताकाे बाउजुद पनि पढ्न चाहने बिद्यार्थीले समयमै विद्यालयमा सम्पर्क गरि माैकाकाे फाइदा उढाउन शिक्षक खनालले अनुरोध गर्नुभएको छ ।

भिडियो जनसेवा मा.बि : …….

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित