Rashtriya Dainik

कमला पाण्डेकाे आत्महत्या काण्ड ।। अात्महत्या गर्न दुरुत्साहन गरेको भन्दै कुटपिट

पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा घर भएकि २१ वर्षीय महिला कमला पाण्डे(न्यौपाने) गत शुक्रबार बिहान सरावल गाउँपालिका ३ मा रहेको आफ्नै माइतीघरको कोठामा झुन्डिएर आत्महत्या गरिरहेको अवस्थामा फेला परिन् । उनको गत बैशाख महिनामा मात्र बिबाह भएको र ३ महिनाको बच्चा गर्भमा रहेको माइतीपक्षले बताएको छ ।
घटना भएकै दिन शुक्रवार ईलाका प्रहरी कार्यालय बर्दघाटमा कमलालाई आत्महत्या गर्न उनकै श्रीमान, सासु र देवरले
दुरुत्साहन गरेको भन्दै माइतीपक्षले जाहेरी दर्ता गरेपछि शनिबार मृतक महिलाको दाहशंस्कार गरिएको थियो । मङ्गलबार रामनगर महिला सञ्जाल र माइतीपक्ष मृतक कमलाको घरमा घटनाबारे बुझ्न भनि पुगेका थिए । घरमा गएर उनका श्रीमान, सासु र देवरलाई घटनाको कारणबारे सामान्य सोधपुछ गर्ने क्रममा उनिहरुबाट चित्तबुझ्दो जबाफ नआएको र उनिहरुले नै कमलालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दर्जनौंको सङ्ख्यामा आएका माइतीपक्षले कमलाका श्रीमान सन्दीप न्यौपाने, सासु (खगिशरा न्यौपाने) र देवर (सन्तोष न्यौपाने)लाई कुटपिट समेत गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित