संजय कुशवाहा /नवलपरासी २७ साउन
पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान ३ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न. ७ गुठी सुर्यपुरा स्थित भारतबाट नेपालतर्फ अबैधरुपमा लग्दै गरेको ३५ सय गोटा कुखुराको चल्ला अन्दाजी ३ लाख ५० हजार मुल्य बराबरको चल्ला सशस्त्र प्रहरी वि ओ पि गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे मोबाइल गस्ती टोली नियन्त्रणमा लिन सफल भएको हो ।

उक्त कुखुराको चल्ला ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिइएको कुखुराको चल्ला महेशपुर पशु क्वारेन्टाइनका पशु चिकित्सक शाेभाखर ज्ञवाली , स्थानिय प्रतिनिधिहरूको रोहवरमा कुखुराको चल्ला खाडल भित्र पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

