महेश यादव /नवलपरासी २६ श्रावण
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ रमपुरवामा महिला हिंसा सम्बन्धि चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। रमपुरवा किशोरी संवाद केन्द्रकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा महिला हिंसा सम्बन्धि चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हाे ।
रमपुरवा किशोरी संवाद केन्द्रका एस एस टि अध्यक्ष पुनम पटेलकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै अध्यक्ष पटेलले नेपाल सरकारले महिलाहरुकाे लागि ३३ प्रतिशत हकअधिकार दिएकाे छ । तर पनि हाम्रो समाज र समाजका केहि ब्यक्तिहरुले अझ पनि मान्यता दिईएकाे छैनन् । जसका कारण समुदायमा रहेको महिलाहरुमाथि विभिन्न हिंसा भएको पाईन्छ । उहाँले महिला हिंसा नियुनिकरण गर्नकाे लागि समुदायमा जनचेतना जगाउन अावश्क रहेको बताए । साथै महिला हिंसा अन्त्य गर्नकाे लागि हामी सबै एकजुट भएर कार्य गर्नु पर्ने बताउदै महिला हिंसा सम्बन्धि चित्रकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरि चित्र बनाएर जनचेतना जगाईरहेकाे किशोरीहरु तथा एविसि नेपाललाई समेत धन्यवाद दिएका थिईन ।
महिला हिंसा सम्बन्धि चित्रकला प्रतियोगिता कार्यक्रममा सवाद केन्द्रका किशोरी समा खातुन प्रथम , सना खातुन दाेस्राे र सुन्दरी गुप्ता तेस्रो स्थान हासिल गर्नुभएको थियोे । कार्यक्रम प्रथम , दाेस्राे र तेस्रो सेथान हासिल गर्नेलाई स्टेशनरि सामाग्री पुरस्कार दिएको थियोे ।

साे कार्यक्रममा अतिथिहरुमा एविसि नेपालका भाेलेन्टियर मनिता ढकाल , बन्दना चाैधरी , एस एसटि सदस्य सबिता यादव , किस्मति यादव , ईन्दु गुप्ता ,उर्मिला शर्मा ,माेहमदिन अन्सारी र संवाद केन्द्रका किशोरीहरु रुकसाना खातुन,पुनिता यादव,राेसन कुजडा हजरा खातुन र राेसनि शर्मा तथा अमानिगंज किशोरी संवाद केन्द्रकी एनिमेटर निशा कुमारी बानिया ,महेशपुर किशोरी संवाद केन्द्रकि एनिमेटर सुमन हरिजन , सुर्य किशोरी संवाद केन्द्रका उषा काेहार ,गायत्री किशोरी संवाद केन्द्रका सरिता काेहार लगाएतकाे समेत सहभागीता रहेको थियो । कार्यक्रम निर्णायक मण्डलकाे रुपमा समाजसेवी सहबान राईन र कुरबान अन्सारी रहेका थिए ।कार्यक्रम सञ्चालन राजु हरिजनले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

