उमेश बि.क / नवलपरासी ,२० कार्तिक पश्चिम नवलपरासीको सरावलमा माछापालक कृषकहरुका लागि क्षमता बिकास तालिम सम्पन्न गरिएको छ। सरावल गाउँपालिका पशुसेवाशाखाकाे अायाेजनामा वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सरावल २ अादर्श मा.बि खाेखरपुरामा सम्पन्न भएको हाे। तालिमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले पोखरी निर्माण देखि माछाको जातीय छनौट तथा आहार व्यवस्थापन माछा पालनमा बिशेष ध्यान दिनुपर्ने बताउनु भएको हाे । माछा पालनले नगद अाम्दानि हुने भएकोले युवाहरु यश कामप्रति चासाे राख्दै बैदेशिक राेजगारलाई निरुत्साहित गर्नुपर्छ । गाउँपालिकाले विभिन्न कृषि कार्यकाे लागि अनुदान दिइएको हुनाले कृषि कार्यमा सबैले ध्यान दिइएर लाग्न अनुरोध गर्नुभएको हाे। ४ दिने माछापालक कृषकहरुका लागि क्षमता बिकास तालिममा सरावल गाउँपालिका वडा नं. १ का १० जना ,वडा नं. २ का २० र वडा नं. ३ का १० जना गरि ४० जना माछापालक कृषकहरुकाे सहभागीता रहेकाे थियाे। तालिमकाे सहजिकरण भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र भैरहवाका पशु चिकित्सक डा.भरत काफ्ले ,पशु चिकित्सक डा.राेशन अाले तथा मत्सय प्राविधिक निर्मला गिरीले गर्नुभएको पशुसेवाशाखा प्रमुख याम अर्यालले जानकारी दिनुभएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।