संजय कुशवाहा / नवलपरासी १८ साउन
पश्चिम नवलपरासीमा प्रहरीले सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रूपैयाँ सहित २ जना व्यक्तीलाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका वडा नं. १२ भटौलिया स्थित परासी – नारायण चोक हुलाकी सडक खण्डमा लु १६ प ३७२९ नम्बरको मोटरसाईकलाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार पाल्हिनन्दन गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षको योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुठीबारी बस्ने २७ वर्षको समीर खाँन समेतको साथबाट भारतिय २ हजारका २०७ थान नोट (४ लाख १४ हजार भा.रु.), भारतिय ५ सयका ९७२ थान नोट ( ४ लाख ८६ हजार भा.रु.) गरी जम्मा ९ लाख भारतिय रूपैयाँ साथै नेपाली १ हजारका १ हजार ६९ थान नोट (१० लाख ६९ हजार रुपैयाँ) र ५ सयका १५ सय ६२ थान नोट ( ७ लाख ८१ हजार रुपैयाँ) गरी जम्मा १८ लाख ५० हजार नपाली रुपैयाँ फेला परेको हो र तत्काल निजहरुले उक्त रकमको श्रोत खुलाउन नसकेकाले उक्त रकम शंकास्पद रहेको कारण निजहरुको साथमा फेला परेको रकम, निजहरुले प्रयोग गरेको मोटरसाईकल सहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको हो । बरामद रकम सहित थप अनुसन्धानको लागि निजहरु दुवै जना लाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

