Rashtriya Dainik

ईद मिलन तथा कोभिड वरियर फ्रन्ट लाईनरलाई सम्मान।

वीरगञ्ज १० साउन

ईद मिलन तथा कोभिड वरियर फ्रन्ट लाईन लाई गण्डक होस्पिटल वीरगञ्जले एक कार्यक्रमका बीच समममा गरेको छ।
विश्व भरि फैलिएका महामारीको रुपमा कोभिड १९ कोरोना भाईरस बिरामीहरुलाई अस्पतालका मेडिकल नन मेडिकल कर्मचारीहरुले अस्पताललाई सहयोग गरेकोमा अस्पताल प्रसासनले सम्मान गरेको को छ ।

सो कार्यक्रम अस्पताल प्रसासन प्रमुख मुज्तावा अंसारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ फिजिसियन डाक्टर राकेश तिवारी रहनुभएका थिए।

होस्पिटलमा कार्यरत कर्मचारीहरुको सहयोगले जिल्लामा एउटा छुट्टै पहिचान बनाउन सफल भएको होस्पिटलमा कार्यरत शाैकत अलि, शद्दाम हुसेनले बताए।

यो कार्यक्रमले होस्पिटलमा कार्यरत कर्मचारीहरुको मनोबल बढाएको छ र काम गर्ने वातावरण बनाएको होस्पिटलमा कार्यरत राजु पटेलले बताए।

सो कार्यक्रममा प्रमुख अतिथि तिवारी कोभिड वरियर तथा फ्रन्ट लाईनमा काम गरेका कर्मचारीहरुलाई सम्मान गर्नु एकदमै सराहनिय काम भएको बताउँदै यो कार्यक्रमले काम गर्ने उर्जा बढाउने भन्दै प्रशंसा पत्र प्रदान गरेका थिए।

ईद मिलन तथा सम्मान कार्यक्रममा डा. गयानेन्द्र कुमार मनोज,डा.संजय गुप्ता,डा. नेहा नायक,डा. प्रहालाद अधिकारी,डा. स्वेता साह, महमद हसन अंसारी,धिरज गुप्ता, कोपिला साह,इमामोदिन अंसारी,अनवर अंसारी लगायतका सहभागीता रहेको अस्पताल व्यवस्थापक इजराइल अंसारीले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित