राष्ट्रिय दैनिक / नवलपरासी ,२० कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रहेको संवाद किशोर–किशोरी सञ्जालले खुट्टा उपचाररत पृथ्वीराज चौधरीलाई रकम हस्तान्तरण गरिएको छ । सरावल गाउँपालिका वडा नं. ६ मा बस्ने पृथ्वीराज चौधरीको खुट्टाको उपचारको लागि विभिन्न दाताहरुको सहयोगमा संवाद किशोर किशोरी सञ्जालले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकल्न गरेको रकम पिडित परिवारलाई हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेल, योजना प्रमुख राजन बस्याल, स्वास्थ शाखा प्रमुख ओमनरायण देवकोटा, लेखा अधिकृत नारायण पाडेण्य, एबिसि नेपालकी सहजकर्ता साईदा निशा पठान, दुर्गा बिक, समाजसेवी घनश्याम चौधरी ,सञ्जालका अध्यक्ष महेश यादव लगायतको सहभागीतामा १० हजार रुपैया सहयोग गरिएको हाे । अविरल बर्षाका कारण घर डुबान हुँदा गत असार ३ गते चौधरीकाे घरको समान बचाउने क्रममा खुट्टा भाचिएकाे थियाे। बाढिमा परि खुट्टा भाचिएका सरावल ६ मधवलियाका अति बिपन्न पृथ्वीराज चौधरीको उपचारमा समस्या अाएकाेले सहयोगको अपिल गरेका थिए । बिहान बेलुका हातमुख जोड्न समेत धाैँ धौँ रहेका चाैधरीलाई उपचार गराउन रकम अभाव भएपछि स्थानियले चन्दा उठाई असार ४ गते जेनतेन लुम्बिनी सिटि हस्पिटल बुटवल पुर्याएका थिए। थप उपचारका लागि एबिसि नेपालद्वारा सन्चालित संवाद किशोर–किशोरी सञ्जालद्वारा रकम बुझ्दै पिडित चौधरीले सञ्जालप्रति धन्यबद ब्यक्त गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।