Rashtriya Dainik

रुपन्देही प्रहरीले नवलपरासीमा फेला पार्‍यो मोटरसाइकल चोरी गर्ने समूह

भैरहवा – रुपन्देही प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको भनि निवेदन परेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा नवलपरासी पश्चिमबाट मोटरसाइकल सहित ३ जना पक्राउ परेका हुन् ।
शनिबार २ बजे ओमसतिया–४, बालापुर स्थित प्रदिप गुप्ताको मोटरसाइकल चोरी भएपछि खोजतलास गर्दै जाँदा प्रहरी टोलीले नवलपरासी प्रतापुर गाउँपालिका वडा नं.१ जमुनियाका दिपक थारुको घरमा लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको थियो ।
गुप्ताको लु ६३ प ४२२० सहित अन्य ३ वटा लु ४४ प ८१९५, लु ४२ प ४६ रलु ४२ प ५६०७ नं.को मोटरसाईकलहरु समेत एकै ठाँउमा राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

थारुको घरमा मोटरसाईकल बरामदसँगै सोधपुछ गर्दा मोटरसाइकल खिरिनारायण थारु र खेमनारायण थारुले ल्याई राखेका बयान दिएपछि उनीहरुलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।

प्रहरीले तीनैजनालाई रुपन्देही जिल्ला अदालतबाट चोरी मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भैरहेको डिएसपी थापाले जानकारी दिए । उनीहरुको समूहले मोटरासाइकल चोरी गर्दै विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित