Rashtriya Dainik

कांग्रेसको बर्दघाट नगर सभापतिमा ५ जनाको चर्चा, दुई गुटको रस्साकस्सी

मुक्ति तिवारी/नवलपरासी , ३ साउन

नेपाली कांग्रेसकोे अधिवेशन नजिकिदै गर्दा पश्चिम् नवलपरासीमा दुई गुटको रस्साकस्सी सुरु भएको छ । दुबै गुटले गुटभेला र राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन । जिल्लामा देवेन्द्र राज कंडेल  र बिक्रम खनालले आ आफ्नै गुट बनाएर सक्रिय छन् । महाधिवेशनले  दुबै गुटको सक्रियतालाई थप बढाएको छ । 

बिक्रम खनाल पक्षले जिल्ला सभापतिको रुपमा अर्जुन पोख्रेललाई अघि सारेको छ ।  केन्द्रमा कस्लाई समर्थन गर्ने भन्ने टुङ्गोमा नपुगेको नेता खनाल बताउनु हुन्छ । देवेन्द्रराज कंडेलले भने केन्द्रमा शेर बहादुर देउवालाई नै समर्थन गर्ने तर जिल्लामा आफ्नो तर्फको उमेदवारको टुङ्गो नभएको बताएपनी शिक्षक संघका पुर्व सभापति मोहन शर्मा लाई अघि सार्ने योजना रहेको श्रोतको भनाई छ ।

निकै चर्चाको विषय बनेको र दुबै गुटले महत्वका साथ हेरिरहेको बर्दघाट नगरपालिकामा पनि नगर सभापतिको उमेदवारमा दुवै गुटबाट दावी रहने चर्चा चलिरहेको छ । नगरमा सभापतिको उम्मेदारीका लागि दुवै तर्फका ५ जनाको नाम बाहिरिएको छ । 

हाल नगर सभापतीकै भुमिकामा रहेका शम्भुलाल श्रेष्ठ, सह संयोजकको भुमिकामा रहेका दामोदर जिसि, सुरज के सि, ईन्द्र सापकोटा, बालिन्द्र बिक्रम साही गरी ५ जनाको सभापतीको उम्मेदारीका लागि दावी रहेको कांग्रेस निकट श्रोतको दावी रहेको छ । शम्भुलाल श्रेष्ठ, सुरज केसि र ईन्द्र सापकोटा कंडेल पक्षमा छन भने दामोदर जिसि र बालिन्द्र बिक्रम साही भने खनाल पक्षमा उभिएका छन् । 

झट्ट हेर्दा ५ जना पात्र देखिए पनि अन्तिम प्रतिस्पर्धा भने शम्भुलाल श्रेष्ठ र दामोदर जिसि बिच नै रहने दुबै पक्षको आन्तरिक तयारी रहेको बुझिएको छ ।

बर्दघाटमा श्रेष्ठ र जिसि दुबै जना बलियो उमेदवारको रुपमा देखिएका छन । २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका सम्भुलाल श्रेष्ठले गाबिस अध्यक्ष, जिल्ला सदस्य हुँदै बिभिन्न जिम्मेवारी सम्हाली सक्नु भएको छ भने हाल उहाँ बर्दघाट नगर सभापतिको जिम्मेवारी सम्हाली रहनु भएको छ ।
करिब २०६२ सालबाट काङ्ग्रेसको राजनीति र विभिन्न स्थानिय क्लब, संघ सस्थामा भुमिका निर्वाह गरेका दामोदर जिसिले काङ्ग्रेसको ११ औ महाधिवेशनमा क्रियाशिल सदस्यता लिई काङ्ग्रेसको सक्रिय राजनीतिमा होमिएको जिसि बताउनु हुन्छ । उहाँले साबिक दाउन्नेदेविको ईकाई सभापति हुँदै हाल बर्दघाट नगर सह–संयोगको जिम्मेवारी सम्हाल्नु भएको छ ।
 
कंडेल पक्षका  उमेदवार शम्भुलाल श्रेष्ठले पार्टीले सर्वसम्मत रुपमा चयन गरे मात्र सहजीकरण गर्ने अन्यथा आफुले फेरि पनि नगर सभापतिमा  दावेदार रहने उहाँको भनाई छ।सिनियर नेतृत्व आए मात्र आफू छोड्न तयार रहेको उहाको भनाई छ।

खनाल पक्ष  उम्मेदवार दामोदर जिसि पनि युवाहरुका लागि रुचाईएका पात्रको रुपमा चिनिन्छ्न । जिसि बर्दघाट १४ को वडाअध्यक्षको प्रत्यासी उमेदवार समेत हुन्हुन्छ । नगर सभापतिको जिम्मेवारी सम्हाली सक्नु भएका कारण श्रेष्ठ माथिल्लो पदमा जानू पर्ने र आफुले  नगर सह सम्योजकको जिम्मेवारी सम्हालीसकेकोले स्वभाविक रुपमा समान नेतृत्वको अवसरका लागि मार्ग प्रसस्त गर्दै युवालाई अवसर दिईनु पर्ने जिसिको तर्क छ ।

अब युवाहरु को काँधमा नेतृत्व आउनु पर्ने र केन्द्रमा समेत युवा बर्गलाई अवसर दिने गरी नेतृत्व परिवर्तन मुख्य प्राथमिकता रहेकोले स्थानिय स्तरमा स्वच्छ अभ्यास हुनुपर्ने जिसिको भनाई छ । दुबै गुटले आफ्ना पक्षका उम्मेदवारलाई बलियो भएको दावी गर्दै आईरहेका छन् ।

अहिले सम्मका गतिविधि र अवस्था हेर्दा दुबै पक्ष बिच सहमती मार्फत चयन हुने सम्भावना न्यून देखिन्छ । नगरको सभापतीमा  बाजि कस्ले मार्ला र कसको पल्ला भारी भन्ने अधिवेसनले नै टुंगो लगाउने छ ।

पश्चिम् नवलपरासीमा काङ्ग्रेसको दुई गुटको चरम बिवाद दिनप्रतीदिन चुलिदै जादा यसको प्रत्यक्ष असर कार्यकर्तामा पनि देखिएको छ । यसले सबै कार्यकर्तालाई निरास समेत बनाएको छ । महाधिवेशन पछि यो बिवाद  सुल्झिने अपेक्षा गरिएपनि यो बिवाद दीर्घकालीन रुपमा नजाला भन्न सकिने अवस्था रहेको छैन । काङ्ग्रेस आफैमा बलियो रहदा रहदै दुई गुटको चरम बिमेल र शीत युद्धले काङ्ग्रेसले निर्वाचन हार्नु परेको काङ्ग्रेसकाका केही जानकारहरु बताउछन । समग्र पार्टीको हित भन्दा ब्यक्तिगत चिन्तन र स्वार्थमा मात्र नेतृत्व जिल्लाका नेतृत्व रोमलिएको होकि भन्ने आम कार्यकर्ता र सुभचिन्तको समेत व्यापक गुनासो छ ।

बर्दघाट नगरपालिकामा नेपालिका काङ्ग्रेसका नया र पुराना गरि २५ सय क्रियाशिल सदस्य रहेका छन । पश्चिम् नवलपरासीका केही ठाउहरुमा कृयासिल सदस्यता बिबाद देखिएको छ भने बर्दघाट नगरपालिका वडा नम्बर ९ मा ३÷४ जनाको कृयासिल सदस्यतामा बिबाद रहेकामा असहले मिलिसकेको  स्थानिय नेतृत्वले बताएका छ्न । 

जिल्लाहरुमा मापदण्ड नपुगेको नाम र कृयाशिल नम्बर फरक लगायतका त्रुटि रहेको भन्दै उजुरि परेपछी त्यसको समाधानका र रुजुका लागि  काङ्ग्रेस केन्द्रले रमेश लेखकको संयोजकत्वमा समिती समेत गठन गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित