Rashtriya Dainik

कुर्थावलमा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

महेश यादव/ नवलपरासी ,२ श्रावण

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ कुर्थावलमा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । संवाद सहयोग समितिका अध्यक्ष किरन हरिजनकाे अध्यक्षतामा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

एबिसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्य तथा किसान सवाद केन्द्रकाे अायाेजनामा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष हरिजनले छुवाछूत गर्नु एक कानुनि अपराध भएको बताएकी हुन । उहाँले हामी सबैले छुवाछूत विरुद्ध अावाज उठाउन जरुरी भएको बताउदै ठुलाे जात र सानो जात भनी हेप्ने भेदभाव गर्ने प्रवृत्तिमाथि कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताउनुभयो । साथै विभिन्न कार्यक्रम मार्फत जनचेतना जगाईरहेका किशोर किशोरीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

साे कार्यक्रम एविसि नेपालका सुपरभाइजर साईदा निशा पठान , भाेलेन्टियर जानकि गाैड र सरावल गाउँपालिका भित्रका १५ वटा संवाद केन्द्रका एनिमेटर र किशोर किशोरी लगाएत स्थानीय बासिहरुकाे सहयोगीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित