उर्मिला यादव यात्री/साउन २
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ रेहरा टोलमा लालचन्द केवटको संयोजकत्वमा २१ सदस्यिय वडा समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा ज्ञानु थारू , सचिवमा मोहन हरिजन , सहसचिवमा राम नरेश केवट र कोषाध्यक्षमा जितेन्द्र केवट रहनु भएको छ । यस्तै गरी सदस्यमा धुरुप कहार र बिमलावती हरिजन रहनु भएको छ । जनमत पार्टी थारु आदिवासी जनजाति केन्द्रिय उपाध्यक्ष निलु चौधरीको अध्यक्षता तथा जनमत पार्टी जिल्ला वरिष्ठ सल्लाहकार एवम जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीको प्रमुख आथित्यतामा समिती गठन गरीएको छ ।
कार्यक्रममा जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीले बोल्दै धेरै पार्टीले देशको जनता लाई झुटो आश्वासन दिँदै आएको र मधेशका जनता अहिले सम्म पनि आफ्नो हक अधिकार नपाएको गुनासो गर्नु भएको थियो । उहाले अब मधेशमा जनमत पार्टी डा.सिके राउत बाहेक कुनै विकल्प नरहेको समेत दाबी गर्नु भएको छ ।चौधरीले ७० वर्ष देखि पालैपालो सबै पार्टी सरकार बनाउँदै आएको तर मधेसी जनताको हक अधिकारको लागी आवाज उठाउने राजेन्द्र महतो उपेन्द्र यादव लगायतका नेताहरुको मुख शासकवर्गहरुले कुर्सी र पैसाबाट थुन्दिएको आरोप लगाउनु भएको छ । उहाले अब आउने दिनहरुमा यस्ता विकाउ नेताहरुको मधेशमा कुनै स्थान नरहेको पनि जनमत पार्टीको दाबी रहेको जोड दिनु भएको छ ।
कार्यक्रममा जिल्ला सदस्य चन्द कुमार सिंह ,क्षेत्रीय इन्चार्ज सबिता चौधरी , वडाअध्यक्ष राजु गुप्ता, कर्दावान चौधरी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो भने दामोदर चौधरीले कार्यक्रम संचालक गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

