राजन कुमार बानिया/बिरगंज २ साउन इन्टरनेसनल कमिशन फर दलित राईटस अमेरीकाको आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजनामा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा-७ फुलवरिया गाउँको दलित समुदायको लागि खाद्यान्न वितरण गरिएको छ।
विगत लामो समय देखि कोभिड बाट बच्नको लागि विश्व र नेपाल भरी लकडाउन / निषेधाज्ञा गरेको अवस्था रहेकोे छ। यस लकडाउन / निषेधाज्ञाको पालना सबैले गरेका छ्न। सबै काम बन्द भएकोले गरीब , दलित , मजदुर र श्रमिकहरु प्रभावित रहेकोे छ्न। अहिले समान्य अवस्था रहे पनि काम चलेको छैन । अहिले पनि दलित , मजदुरलाई खाना खाने समस्या रहेकोे छ। दैनिकी गुजारा गर्ने समस्या रहेकोे छ। दलित गरीब तथा अति विपन्नहरुलाई धेरै खाद्यान्नको समस्या रहेकोेले केही राहत पुगोस भन्ने सहयोग गरिएको छ।
पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा इन्टरनेसनल कमिशन फर दलित राईटस,अमेरीकाको आर्थिक सहयोगमा प्रदेश -२ को ३ जिल्लाको अति प्रभावित गाउँ गाउँहरुमा खाद्यान्न राहत सहयोगको योजना अनुसार वितरण कार्य सुरु गरिएको छ।
यस पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा-७ फुलबरीया गाउँको अति विपन्न र दलित समुदायको ५४ घरपरिवार घरधुरीको लागि खाद्यान्न राहत सहयोग गरिएको छ। जसमा २० केजी चामल , १ केजी नुन र १.५ केजी दाल र मास्क सहयोग गरिएको छ।
यस कार्यक्रम दलित अगुवा जिरजोधन पासवानकाे अध्यक्षता तथा महिला सदस्य निर्माला देवी पटेलकाे प्रमुख अातिथ्यतामा पिसफोर दलितस फाउन्डेसन नेपालले गठन गरेको नागरिक स्वयंसेवी समुहको संयोजक पारमानन्द राम, संयोजक सुरेन्द्र पासवान , सन्जोग राम र अशोक राम , दलित अगुवा र दलित जनप्रतिनिधि दलित महिला सदस्यहरुको सहभागिता रहेकोे थियोे ।
यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज रामले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

