Rashtriya Dainik

उपचारमा लापरबाही बढेको भन्दै नवलपरासी युवा समाजद्वारा अस्पताल अगाडि बिराेध प्रदर्शन

उमेश बि.क / नवलपरासी , २ साउन

पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारमा चरम लापरवाही बढेको भन्दै शुक्रबार नवलपरासी युवा समाजले अस्पताल अगाडि प्रदर्शन गरेको छ।

अस्पतालमा स्वास्थ्यकर्मीकाे चरम लापरवाहीकाे कारणले दिनप्रतिदिन विभिन्न घट्ना घटेकाे र कहिले अाैषधि काण्ड त कहिले उपचार गर्दा भएको बिभिन्न लापरबाहीले तमाम घट्ना घटि रहेको अत्याधिक आरोप लाग्न थालेपछि नवलपरासी युवा समाजले अस्पताल अगाडि प्रदर्शन गरेका हुन्।

नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीकाे अगुवाइमा पृथ्वीचन्द्र अस्पताल परासी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाकाे सरुवाको माग सहित नारावाजी गर्दै युवाहरुले प्रदर्शन गरेको अमित यादवले राष्ट्रिय दैनिकलाई बताउनु भएको हाे।

लापरबाही अति भाे ,अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाकाे सरुवा गर,अस्पतालकाे लापरबाही बन्द गर ,अस्पतालकाे ब्यवस्थापन सुधार गर लगायतका प्ले कार्ड बोकेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट होदा र अन्य स्वास्थ्यकर्मीको कार्यशैली चिकित्सक जस्तो नरहेकाले उनीहरुलाई घचघच्याउनकै लागि प्रदर्शन गर्न बाध्य भएको बताए।

अस्पताल प्रशासन यस्तो महामारीको बेलासमेत बिरामीको उपचारभन्दा पनि आफ्नो गोजी भर्न व्यस्त रहेको गिरीले आरोप लगाए।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित