महेश यादव/ नवलपरासी ,१ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउँपालिका वडा नम्बर -४ ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रजा कबरिस्थानका अध्यक्ष माेहम्मद सलिम राईनकाे अध्यक्षता र सरावल गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष छाेटेलाल यादवकाे प्रमुख अतिथता तथा समाजसेवी सुरेश यादवकाे विशिष्ट अतिथतामा अाज एक कार्यक्रमका विच फलफूलकाे विरुवा राेपण कार्यक्रम सम्पन्न भएको हाे । ललितपुर स्थित रजा कबरिस्थानमा फलफूलकाे बिरुवा वृक्षारोपण गरिएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले फलफूलको विरुवा बाट स्थानीय बासिहरुलाई फाईदा हुने बताउदै यसले सुद्धफलफुल खान समेत मिल्ने बताए । उहाँले वृक्षारोपण गरिएको फलफूलको विरुवालाई हामी सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।
साे अवसरमा बाेल्दै विशिष्ट अतिथि सुरेश यादवले मानवजिवनलाई अतिनै अावश्यक पर्ने अाक्सिजनकाे खानिकाे रुपमा रहेको बाेट विरुवाहरुलाई नै चिनिन्छ । अाफु वचन र अरुलाई बचाउनकाे लागि हरेक मानिसले कुनै न कुनै बाेट विरुवा वृक्षरोपण गर्न अावश्यक रहेको बताउदै मानिसलाई खानकाे रुपमा चाहिने फलफूल पनि रहेको हुदा फलफूलकाे विरुवा वृक्षारोपण गरिएको बताए । उहाले नेपालमा विदेशी निकायबाट अाएकाे विभिन्न अनुदानहरु हाम्रो नेपाली जनताले जाेगाएकाे बाेटबिरुवाबाट प्राप्त अाक्सिजनकाे साटाेमा विदेशी निकायले अनुदान दिएको बताउनुभएको हाे । साथै उहाले सरावल गाउँपालिका एविसि नेपाल लगाएतकाे संवाद केन्द्रका सम्पूर्ण किशोर किशोरीहरुलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा बाेल्दै अध्यक्ष राईनले सरावल गाउँपालिका , एविसि नेपाल र संवाद केन्दहरुकाे सहयोग समन्वयमा गरिएको वृक्षारोपण कार्यक्रम बाट अाम जनसमुदायमा धेरै नै सहयोग मिलेको बताउनुभयाे । वृक्षारोपण गरिएको फलफूलकाे विरुवालाई अाफु र स्थानीय बासिहरुमिलि संरक्षण गर्ने बताए । साथै सरावल गाउँपालिका प्रति खुसि ब्यक्त गर्नु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर जानकि गाैड , समाजसेवि रियाजुदिन राइन , श्याम माेहम्मद राईन , मुसरुफ धुनिया , शिवकुमार यादव , मकबुल राईन , पत्रकार महेश यादव लगाएको संवाद केन्दका किशोर किशोरी र स्थानीय बासिहरुकाे उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

