Rashtriya Dainik

देशभरका बाढीपहिरो पीडितका लागि कांग्रेसले गर्‍यो ठूलो निर्णय, नगद सहयोग गर्ने

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले २०७८ बैशाखयता देशभरका बाढीपहिरो पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको छ ।

कांग्रेसको बाढीपहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तत्कालका लागि प्रतिपरिवार २५ हजार रूपैयाँ नगद उपलब्ध गराउने निर्णय भएको समितिका संयोजक मोहनबहादुर बस्नेतले बताए ।

बाढीपहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले बाढीपहिरो पीडित विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको हो ।

बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधैं आइरहने भएकाले नियमित क्यालेन्डर जस्तै गरी व्यहोर्नुपरेकाले व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ समिति बनेको जनाइएको छ ।
कांग्रेसले विपद्मा परेका परिवारलाई सहयोग गर्दै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित