Rashtriya Dainik

लुम्बिनीमा सत्तापक्षबाटै सदन बहिस्कार

काठमाडौं । लुम्बिनी प्रदेशमा सत्ता पक्षकै सांसदले सदन बहिस्कार गरेका छन् । प्रदेशसभामा प्रस्तुत गरिएको बजेटमा छलफल गर्न सत्तारुढले मागेको समय दिन विपक्षी तयार नभएपछि सत्ता पक्षले सदन बहिस्कार गरेको हो ।

बजेटका विषयमा सबै मन्त्री तथा मुख्यमन्त्रीले जवाफ दिइसकेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थिए ।

तर, एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटका विषयमा थप छलफल गर्न सभामुखलाई समय मागे ।

सभामुख घर्तीले विपक्षी गठबन्धनका नेताहरुलाई समय दिनसक्ने वा नसक्ने भनी आफ्नो धारणा राख्न समय दिएका थिए ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया तथा माओवादी सचेतक तुलाराम घर्तीले थप समय नदिने भन्दै आजै प्रकृयामा जान माग गरेका थिए ।

विपक्षी दलका नेताहरुको त्यो भनाइ सुनेपछि सत्तारुढ दलका सबै सांसदले बहिस्कार गरी बाहिर निस्केका छन् ।

त्यसपछि सभामुखले आधाघन्टा सभा स्थगित गरेका छन् । यसअघि मुख्यमन्त्रीले पनि संवादका लागि विपक्षी दललाई आग्रह गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित