Rashtriya Dainik

सिडियाे सहित सुरक्षा निकायका प्रमुखहरुकाे संयुक्त टाेलिद्वारा सिमा क्षेत्र अनुगमन

नन्दु यादव/ असार ३०,पश्चिम नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सिमासंग जाेडिएकाे महेशपुर नाकामा अाज प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखकाे सयुक्तटाेलिले अनुगम गरेकाे छ । पश्चिम नवलपरासी जिल्लाकाे सिमा नाकाबाट मानिसहरुले अबैध बाटाे प्रयाेग गरि नेपाल र भारतमा अावजावत गरिरहेकाले अाज महेशपुर नाकामा अनुगमन गरि अबैध बाटाेबाट अाउने मानिसहरुलाई सम्झाईबुझाई फिर्ता गरिएकाे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयाे । सिमा नाका बन्द रहेकाेले मानिसहरुले अबैध बाटाे प्रयाेग गरिरहेकाले सम्झाई बुझाई फिर्ता पठाउने गरिएकाे बताईएकाेछ ।काेराेनाले मानिसहरुकाे दिनचर्यामा असहजता भएकाले सहजताका लागि जिल्लामा केही खुकुलाे गरेर निषेधाज्ञा जारि गरिएकाे छ ।अनुगमनमा प्रमुख जिल्ला अधिकारी मिश्रलेअामनागरिकहरुलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कने ,साबुनपानीले समयसमयमा हात धुने ,सेनिटाईजरकाे प्रयाेग गर्ने ,माक्स प्रयाेग गर्ने ,सामाजिक कायम दुरि गरिने लगायतका सल्हाह सुझाव दिनु भएकाे थियाे।यसै गरि अन्य क्षेत्रमा पनि अनुगमन गर्ने वहाले बताउनु भयाे ।अनुगमनमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रमुख मनाेज कुमार यादव ,सशस्त्र प्रहरी बल २६नम्बर गणका गणपति महेश अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।यसै गरि काेभिड१९ राेकथाम तथा नियन्त्रण जिल्ला समितिकाे अाज बसेकाे बैठकले साउन १५गते राति १२बजे सम्म निशेधअाज्ञा जारि गरेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित