२९ असार, बाँके ।
नेपालगन्जबाट लागू औषध ब्राउन सुगर
जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका- २ का १८ वर्षिय निवासी भीषण सोनीलाई नेपालगन्ज स्थित जमुनाह नाकाबाट लागू औसध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आलुको बोरामा ३ ग्रामलागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ लुकाएर ल्याउदै गरेको अबस्थामा प्रहरीले सोनीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत ईलाका प्रहरी कार्यालय जमुनाहका असइ कबिन्द्र कठायतको टोलि र लागू औषध ब्युरो नेपालगन्जको टोलिले सोनीलाई पक्राउ गरेको हो ।
उक्त पदार्थ सहित सोनीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

