राजन चाैधरी / रुपन्देही ,२९ असार
रुपन्देको सियारी गा.पा. को वार्ड नम्बर ७ मा सर्वाेच्च अदालतले गरेको सम्मानिय निर्णय प्रती दीप प्रज्वलन गरिएको छ ।
सियारी गा. पा. ७ नेपाली काङ्ग्रेसद्वारा आयोजित नेपाली काङ्ग्रेस वडा कार्यसमिति कार्यवाहक सभापती महेन्द्र राज घिमिरेको सभापतित्व एवम महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य बुद्धिराम हरिजनको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरिएको छ ।

कार्यक्रममा रुपन्देही जिल्ला महिला बिभागकी सह सचीव रिता चौधरी , लुम्बिनी प्रदेश न . ५ शिक्षा महासंघका जिल्ला सहसचीव मथुरा यादव , रुपन्देही जिल्ला महिला बिभागका सह सचीव रिता चौधतिले २१ सौँ सताब्दिको अदालतले संविधान सम्मत निर्णय गरि जनताको संविधान जनतामा फर्काइदिईको भनी खुसी छौ र संविधान दिवस मनाउदै छौ भनी अाफ्नाे धारणा ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै लुम्बिनी प्रदेश न . ५ शिक्षा महासंघ जिल्ला सह सचिबले ओलि सरकारले आफ्नो मनपरि ढंगले संविधानको अन्तय गर्ने दुस प्रयासलाई अदालतले सहि निर्णय एवम फैसला गरेको हामी धेरै खुसी छौ भनी मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै वार्ड न. ६ का नेपाली काङ्ग्रेस सभापती सुर्य नरयेन यादव लगायेतले मन्तव्य राख्नुभयेको थियो । अनुगमन समितिका सदस्य खगेन्द्र रिजाल , पुर्ब महाधिवेशन प्रतिनिधि सदस्य सुन्दर गुप्ता लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि , बुद्धिजीवी , समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संविधान दिवस एवम दीप प्रज्वलन कार्यक्रमलाई मैनबत्ती बाली प्रमुख अतिथिले उद्घाटन गर्नु भयेको थियो ।कार्यक्रम सन्चालन केसब अधिकारिले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

