Rashtriya Dainik

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार

पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ।

काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई गर्ने ब्यवहार र उपचारकाे तरिकाप्रती बिरामी त्रसित भएका छन्।

‘काेभिड उपचार गर्न आएको वार्डमा उपचाररत एक बिरामीले भने, ‘यो अस्पतालमा चरम लापरबाही रहेको छ।’ उनले अस्पतालको लापरबाहीका कारण आफूसहित अन्य बिरामी र बिरामीका आफन्त खतरामा रहेको जानकारी दिए ।

रुघाखोकी र ज्वरो भई पृथ्वीचन्द्र अस्पतालमा भर्ना भइ असार ७ गते कोभिड एन्टिजेन टेस्ट : पाेजेटिभ भएर उपचाररत बिरामी भन्छन खाना बनाउन लाई झर्केर साेध्ने र मनपरि चेकजाँच गर्ने सम्मको लापरवाह रहेको गुनासो ब्यक्त गरेका छन ।

अस्पतालकाे व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफू जोखिममा परेको बताएका छन्। ज्वराे नाप्नलाई थर्मामिटर बिरामीलाई दिएर जाने र के कति ज्वराे रहेको हेर्न पनि नअाउने यति सम्मकाे लापरवाही रहेको बताइएको छ।

अाफु काेराेना संक्रमित भई साे अस्पतालमा उपचार गराइ रहेको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीकाे लापरबाहीले अाफु झन कमजोर हुदै गएकाे बताउछन् ।

अाफ्नाे अार्थिक अवस्था कमजोर र साे अस्पतालमा धेरै दिनकाे बसाइँ त्यसमाथि स्वास्थ्यकर्मीकाे लापरबाहीले अाफु निरास हुदै गएकाे बताए ।

अस्पताल लामाे बसाइँकाे समय बित्दै जादापनि अाफुमा कुनै परिवर्तन नअाएकाे बताउदै असार २४/२५ गतेतिर काेभिड सन्चाेभएको स्वास्थ्यकर्मी बताउदै घर जान कर गर्दै थिए ।
अाफ्नाे स्वास्थ्यमा कुनै पनि परिवर्तन नरहेकाे र कमजोरी हुदा हिडडुल गर्न समेत कठिनाइ भएको र अक्सिजनकाे अावश्यकता हमेशा परिरहेकोले घर जानबाट अाफु अानाकानि गरेको बताए ।

बिरामीको अवस्था बुझ्न पुगेका अाफन्ता पत्रकार समेत रहेका उनले स्वास्थ्यकर्मीहरुसंग र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदासंग साेधपुछ गर्दा उनले बिरामी काेभिड मुक्त भएको बताउदै घरमै लगि स्याहारसुसार गर्न सल्लाह दिए । राम्रोसँग उपचार गर्न बिरामीका अाफन्तले भन्दा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले यहाँ यस्तै उपचार हुन्छ बिरामीलाई घर लग्दा हुन्छ जवाफ दिए ।

बिरामीको अवस्थामा केही पनि सुधार नभएकोले उनिहरु अस्पतालबाट घरजान मानेनन् । अवस्था झन बिग्रिदै जादा काेभिड फ्रि भनिएका बिरामी असार २८ गते रुपन्देहीको एक अस्पतालमा भर्ना भएको र पिसिअार चेक गराउदा पाेजेटिभ अाएकाे बताइएको छ ।

हाल काेभिड संक्रमित बिरामीकाे रुपन्देहीको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित