नवलपरासी , २८ असार ।
पश्चिम नवलपरासीको एक चप्पल फैक्ट्रिमा आगलागी भएको छ । आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो ।
उद्योगमा वेल्डिङ्ग गर्ने क्रममा वेल्डिङ्गबाट निक्लेको आगोको चिन्गारीले नजिकै राखिएको केमिकलमा आगलागी हुँदा आगो विशाल रुप लिएको थियो । अहिले साँझ ७ बजको समयमा आगो नियन्त्रणमा आईसकेको छ । आगो नियन्त्रणमा लिन डेढ घण्टा लागेको थियो ।

आगो चप्पल उद्योगको बाहिरी क्षेत्रमा केमिकल राखिएकोे ठाउँमा लागेकोले उद्योगमा ठुलो क्षति हुनबाट जोगिएको छ । अहिले आगो नियन्त्रणमा आईसकेको प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिनु भयो ।
आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको गरि ३ वटा दमकल प्रयोग गरिएको थियो भने आगो बुझाउनमा नेपाल तथा शसस्त्र प्रहरी र स्थानियहरु लागी परेका थिए आगोले उद्योगमा लाखौंका क्षति भएको अनुमान गरिएको छ ।

आगो नियन्त्रणमा आएपछि आगो लागेको ठाउँहरुको जेसिबी प्रयोग गरि सफाई भैरहेको छ भने क्षतिको विवरण संकलन कार्य भैरहेको प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिनु भयो । आगोले कतिको क्षति भएको भन्ने तथ्याङ्क अझै आईसकेको छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

