Rashtriya Dainik

समाचार प्रमुख सोन कुमारी थारु सम्मानित

चन्द्रौटा । कपिलवस्तुको रेडियो विजयनगर १००.७ मेगाहर्जकी समाचार प्रमुख सोन कुमारी थारु सम्मानित भएको रेडियो विजयनगरले जनाएको छ ।

विजयनगर गाउँपालिकाको समग्र विकास निर्माणका क्रियाकलाप तथा गतिविधिको बारेमा कलम चलाई समाचार प्रकाशनमा उत्कृष्ट स्थानीय सञ्चारकर्मीको रुपमा छनोट भई थारुलाई गाउँपालिकाले सम्मान गरेको हो ।

उनलाई दोसल्ला ओढाई नगद पुरस्कारसहित सम्मान–पत्रले गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापालले सम्मानगरेका हुन् । विजयनगर गाउँपालिकाले प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट व्यक्ति कार्यक्रम अन्तर्गत समाचार प्रमुख सोम कुमारी थारुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

थारु विगत ७ वर्ष देखि विभिन्न रेडियोमा लामो समयदेखि सञ्चार काम गर्दैआइरहेको र कपिलवस्तुकै पहिलो रेडियो कपिलवस्तुबाट सञ्चार क्षेत्रमा आइकि हुन । थारुले रेडियो भ्वाइस हुँदै अहिले रेडियो विजयनगरको समाचार प्रमुखको रुपमा कार्यरत रहदाँ विजयनगर गाउँपालिकालेउनलाई सम्मान गरेको हो ।

गाउँपालिकाको सभाहलमा आयोजित नवौँ गाउँसभाको दोस्रो बैठकमा उत्कृष्ट कर्मचारी, सञ्चारकर्मी र समाजसेवीलाई सम्मान गरिएको हो । समाजसेवी शीतला चाई, ४ का वडा सचिव सुरेस बस्याल, स्वास्थ्यका कार्यालय सहयोगी रामेश्वर लोनिया, वडा २ का कार्यालय सहयोगी प्रवेज अहमद खाँ, सहायक कार्यालय अपरेटर रवि प्रताप यादव, लेखापाल गोविन्द अधिकारी, अ.स.ई. शिव बहादुर बढईलार्ई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको गाँउपालिका अध्यक्ष थापाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित