Rashtriya Dainik

वि.पी.उद्यानको जग्गामा भईरहेको निर्माण कार्य अविलम्ब रोक्न नेका पर्साको आग्रह।

पर्सा / असार २८

वीरगंज महानगरपालिकाको स्वामित्वमा वीरगंज घण्टाघर नजिक रहेको वी.पी.उधानको नाममा रहेको जग्गामा केहि दिन देखि पार्कको मूल संरचनानै निर्माण नगरि,पार्किङ्ग एरीया मात्र भनेर वी.म.न.पाले अवैज्ञानिक तरीकाले जमीन माथीको सतह ढलान गरिरहेको जनताको जनगुनासो प्रति नेपाली कांग्रेस पर्साको गम्भीर ध्यान आकृष्ट भएको छ ।नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले जारी गर्नुभएको विज्ञप्ति अनुसार नेपाल सरकारले पार्क बाहेक अन्य कुनै प्रयोजनमा उपयोग गर्न नपाईने भनेर मालपोतको लालपुर्जामा समेत उल्लेख गरिएकोलाई बेवास्ता गर्दै वी.म.न.पाले पार्कको संरचनानै ध्वस्त गर्न लागेको हो कि भन्ने जनमानसमा शंका उत्पन्न भएको उल्लेख गरिएको छ ।अतः वी.पी.उधानको नाममा रहेको सो जग्गामा पार्किङ्ग एरीयाको नाममा भईरहेको ढलान निर्माण कार्य हाललाई रोक्दै सो पार्कको मुख्य योजना बनाएर मात्र पार्क तथा पार्क सँग सम्बन्धित अन्य संरचनाहरु वैज्ञानिक तरीकाले निर्माण गरिनुपर्ने र सो कुरा जनतालाई पूर्णरुपमा आश्वस्त पार्नुपर्ने नेपाली कांग्रेस,पर्साको स्पष्ट धारणा रहेको सम्बन्धित निकाय वी.म.न.पा लगायत सबैमा जानकारी गराईन्छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित